दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकप फागुन १७ गतेदेखि दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकप फागुन १७ गतेदेखि
क्लब ओएसिस इलामको आयोजनामा हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकप फागुन १७ गतेदेखि इलाममा सुरु हुदैछ ।
ठुलो टुँिंखेल मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष धुव्र राईले जानकारी दिनुभयो । मैदान व्यवस्थापनलगायत प्रतियोगिता तयारीको काम तीव्र रुपमा भइरहेको उहाँले बताउनुभयो । व्यवस्थित खेल मैदान नभएकोले मैदानमा बालुवा र पानी लगाएर रोलरले पेलेर मैदान खेल्न योग्य बनाउन तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
महिला फुटबल प्रतियोगिता कमै मात्र हुने गरेकोले नयाँ खेलाडी उत्पादन गर्न प्रतियोगिताले सघाउ पुर्याउने अपेक्षा रहेको क्लबका अध्यक्ष धुव्र राई बताउनुभयो । यो प्रतियोगिताको लागि धेरैले सहयोग गर्न हातेमालो गरिरहेकोले सबैको साथ सहयोगको अपेक्षा रहेको उहाँले बताउनुभयो । प्रतियोगिता सञ्चालन गर्न देश विदेशमा रहेका खेल प्रेमीले सहयोग गरिरहेको राईले बताउनुभयो ।
फागुन २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी कुल आठ टोलीहरू सहभागी रहनेछन् ।
नेपालको विभागीय टिमहरू त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब र नेपाल पुलिस फुटबल क्लब सहभागी हुदैछन ।
यसैगरी पदमा स्पोटिङ क्लब ओखलढुङ्गा, बागमती युथ क्लब सर्लाही, आयोजक क्लब ओएसिस सहभागी हुदछन भने भारतको मानेभञ्ज्याङ फुटबल क्लब र मदरटेरेसा फुटबल क्लब सहभागी हुने पक्का भइसकेको आयोजकले जनाएको छ ।
उद्घाटन खेलमा फागुन १७ गतेका दिन आयोजक क्लब ओएसिस र पदमा स्र्पोटिङ क्लब, ओखलढुङ्गाबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
0 Comments