लोकरक ब्यान्ड 'नेपथ्य' चैत ३ गते इलाममा
गुञ्जिने भएको छ । सूर्योदय नगरपालिकाको
करफोकस्थित सल्लाघारी पाखामा नेपथ्यले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई झुमाउने छ।
कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिनेछन् ।
शनिबारको कन्सर्ट इलामकै न्युपी थर्पा छोलिङ गुम्बाको सहयोगार्थ आयोजना हुन लागेको हो। इलाम नगरपालिका-६ को गढीथुम्कामा यो गुम्बा निर्माण भइरहेको छ।
Routing of Soyak banda / Great News
Ilam,Nepal .
0 Comments